जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • टियागो इभी किन्न नबिल बैंकले ९.९९% ब्याजदरमा कर्जा दिने

टियागो इभी किन्न नबिल बैंकले ९.९९% ब्याजदरमा कर्जा दिने

टाटाको टियागो इभी किन्न चाहनेलाई नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा दिने भएको छ। यस सम्बन्धमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बिहिबार नबिल बैंकसँग सम्झौता गरेको छ।

सम्झौता अनुसार टियागो इभी खरिद गर्न चाहनेले नबिल बैंकका देशभरका जुनसुकै शाखामार्फत ८० प्रतिशतसम्म सहजै कर्जा पाउनेछन्। कर्जाको ब्याजदर ९.९९ प्रतिशत तोकिएको छ।

टियागो इभी नेपाली बजारमा १,६०० भन्दा बढी बिक्री भइसकेको छ। यो गाडी अहिले ५.२९ लाख डाउनपेमेन्टमा बजारमा उपलब्ध छ।

3525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?