जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • आशा लघुवित्तको नाफा १२ करोड ३५ लाख रूपैयाँ

आशा लघुवित्तको नाफा १२ करोड ३५ लाख रूपैयाँ

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १२ करोड ३५ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म १२ करोड ३० लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष शून्य दशमलव ४४ प्रतिशत बढी मात्र खुद नाफा गरेको हो ।

सम्भावित जोखिम शिर्षकमा बढी रकम गत वर्ष छुट्याएकाले कम्पनीको नाफा बृद्धिमा असर परेको देखिन्छ । अघिल्लो वर्ष ८३ लाख ८ हजार रूपैयाँ मात्र सम्भावित जोखिम शिर्षकमा छुट्याएको कम्पनीले गत वर्ष ४ करोड ९९ लाख रूपैयाँभन्दा बढी यो शिर्षकमा रकम छुट्याएको छ ।

जसका कारण सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा करिब ४ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष १९ करोड ४८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष १८ करोड ७२ लाख रूपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ३३ करोड ३९ लाख १४ हजार रूपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष रकम भने अघिल्लो वर्षभन्दा १२१ दशमलव ३३ प्रतिशत बढी २१ करोड ९२ लाख रूपैयाँ कायम भएको छ । २ अर्ब ७७ करोड रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ५ अर्ब ३१ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

गत चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ७३ करोड ४ लाख रूपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्ष अघिल्लो वर्षको तुलनामा कम्पनीको कर्जा सापटी २६ दशमलव १३ प्रतिशत र कर्जा प्रवाह ३० दशमलव ९९ प्रतिशत बढेको हो भने निक्षेप संकलन ३४ दशमलव ६२ प्रतिशत बढी भएको हो ।

अघिल्लो वर्ष ३ दशमलव ८० प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव ८५ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३७ रूपैयाँ १ पैसा र प्रतिशेयर नेटवर्थ १६५ रूपैयाँ ६७ पैसा छ ।

2915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?