जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • अब अर्थतन्त्रमा निर्णायक सुधार आउँछः अर्थमन्त्री महत

अब अर्थतन्त्रमा निर्णायक सुधार आउँछः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा अब निर्णायक सुधार आउँन आउने बताएका छन् । बुधबार नेपाली कांग्रेस मधेश प्रदेश प्रथम सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले यस्तो बताएका हुन् ।

‘अहिले अर्थतन्त्रले लय पक्रिँदैछ, सेयर बजार माथि उठेको छ, घरजग्गा कारोबार वृद्धि हुँदैछ, विदेशबाट आउने रेमिट्यान्स ३० प्रतिशतले वृद्धि भइरहेको छ । अहिले पर्यटकको आगमन सबैभन्दा धेरै भएको छ’ उनले भने, ‘ऋण प्रवाह हुन थालेको छ, अब नेपालको विकासले लय पक्रिन्छ ।

‘नेपाली कांग्रेसले मात्र नेपालको आर्थिक र सामाजिक रुपान्तरण गर्न सक्छ, लोकतन्त्रलाई संस्थागत गर्न सक्छ र संघीयतालाई घनिभूत गर्न सक्छ’ मन्त्री महतले भने, ‘अरुले सक्दैन । मधेशको नागरिकताको सवाल, समावेशी अधिकारको सुनिश्चिताको सवाल नेपाली कांग्रेसको कारणले प्राप्त भएको हो । पहिला हाम्रो पार्टीप्रति गर्व गर्न सिकौं ।’

950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका