जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • सनराइज बैंकले सात प्रतिशत लाभांश दिने

सनराइज बैंकले सात प्रतिशत लाभांश दिने

सनराइज बैंकले गत बर्षको नाफाबाट सात प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

बैंकको अहिले चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँ छ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी ६३ करोड ९ लाख रुपैयाँले बढ्ने छ। 

बैंकको लाभांश दर पोहोरभन्दा घटेको हो। पोहोर बैंकले ८.२८ प्रतिशत लाभांश दिएको थियो। बैंकले पछिल्लो १० बर्षमा सर्वाधिक ३३.३३ प्रतिशतसम्म लाभांश दिएको इतिहास छ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गर्न बाँकी छ। बैंकले गत बर्ष ६० करोड १५ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो ।

4240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका