जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अख्तियारद्वारा एकै दिन पाँच वटा मुद्दा दायर

अख्तियारद्वारा एकै दिन पाँच वटा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिन्दाभिन्दै अभियोगमा मंगलबार पाँच वटा मुद्दा दायर गरेको छ । आयोगले विशेष अदालत काठमाडौंमा उपभोक्ता समितिका अध्यक्षदेखि नायब सुब्बासम्मलाई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

आयोगले मुगुको डिभिजन वन कार्यालयका अधिकृत भरत बहादुर बुढथापा, सब इन्जिनियर गोरसिंह बडूवाल, हिमाल कुमार मल्ल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र बहादुर बुढा, उपाध्यक्ष गनलाल बडूवाल लगायत सात जना विरुद्ध मुद्दा दायर गरेको छ । उनीहरू सात जनाले झुटा नापी किताब, मूल्याङकन बिल, उपभोक्ता समितिको बिल र कार्य सम्पन्न प्रतिवेदन तयार पारि भ्रष्टाचार गरेको आयोगको आरोप छ । उनीहरूमाथि २० लाख ४८ हजार ४०३ रुपैयाँ हिनामिना गरेको आरोप छ । उनीहरू विरुद्ध उक्त रकम र सो रकम बराबरको बिगो माग गरिएको छ ।

त्यस्तै, कालिकोटको पलाँता गाउँपालिकाका नायब सुब्बा राज बहादुर बम विरुद्ध पनि आयोगले दुई लाख ३४ हजार ११ रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ । उनले उपेक्षित, उत्पीडित दलित वर्ग उत्थान विकास समिति अन्तर्गतको लक्षित कार्यक्रमका लागि सिलाइ मेसिन खरिद गरेको झुटा बिल बनाई भ्रष्टाचारजन्य कसुर गरेको आरोप रहेको छ ।

अख्तियारले मंगलबार नै दायर गरेको अर्को मुद्दा हाल गुठी चौर गाउँपालिका जुम्लामा कार्यरत रत्न प्रसाद पाण्डे विरुद्ध रहेको छ । उनले जिल्ला कृषि विकास कार्यालय कालिकोटका तत्कालीन प्राविधिक सहायक हुँदा गरेको तीन लाख ८८ हजार ७५० रुपैयाँ बराबरको भ्रष्टाचारजन्य कसुरका लागि मुद्दा दायर गरिएको हो । पाण्डेले कृषि तालिम कार्यक्रम अन्तर्गतका कार्यक्रममा झुटा बिल बनाई सरकारी रकम हिनामिना गरेको आरोप छ ।

अल्लो भाँगो प्रशोधन केन्द्र कालिकोटको भवन निर्माण समितिका अध्यक्ष नन्दप्रसाद पाण्डे, सचिव नरेन्द्र प्रसाद पाण्डे र कोषाध्यक्ष विनिता राना (पाण्डे) विरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरूले भवन निर्माण कार्यमा दुई लाख ५१ हजार ५२९ रुपैयाँ हिनामिना गरेको आरोप छ । त्यसैगरि कालिकोट जिल्लाकै नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका संयोजक कमल प्रसाद खनाल विरुद्ध पनि भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ । खनालले सो कार्यक्रम अन्तर्गत प्रचारप्रसारका लागि होडिङबोर्ड निर्माण गरेको भनी झुटा बिल भरपाई बनाई तीन लाख २६ हजार चार सय ९७ रुपैयाँ भ्रष्टाचारजन्य कसुर गरेको आयोगको आरोप रहेको छ

2305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका