जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • जीवन बीमक सङ्घद्वारा दुई व्यक्तिलाई आर्थिक सहयोग

जीवन बीमक सङ्घद्वारा दुई व्यक्तिलाई आर्थिक सहयोग

जीवन बीमक सङ्घ नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार दुई व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । कम्पनीले काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भागवान कोईरालालाई चालिस लाख र समता एडुकेसन ट्रस्टको तर्फबाट निर्देशक दिपक सन्जेललाई तीस लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम जीवन बीमक सङ्घ नेपालका अध्यक्ष लगायतका पदाधिकारीद्वारा बीमा समितिका अध्यक्ष र कार्यकारी निर्देशक समेतको उपस्थितीमा काठमाडौंको रविभवन स्थित होटेल क्राउन इम्पेरियलमा सम्पन्न भएको हो ।

समता एडुकेसन ट्रस्ट संस्थाले देशभरी ५० हजार भन्दा बढी आर्थिक हिसाबले कमजोर विधार्थीहरुलाई शिक्षा र स्वास्थ्यमा सहज पहुच बनाउने उदेश्यले सबै प्रदेशमा विद्यालय संचालन गरेको छ । ।

त्यसैगरि, काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका –०७ मा सहज र सुलव मूल्यमा पेडियाट्रिक सुविधा सहितका बाल अस्पताल बनाउने उदेश्य लिएको छ भने नेपालको सातै वटा प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उदेश्य लिएको जनाएको छ ।

बीमा समितीका अध्यक्ष सुर्य प्रसाद सिलवालले राम्रो काम गर्ने समाज सेवी संस्थाहरुलाई सहयोग गर्न पाउनु खुशीको कुरा हो र संस्थागत समजिक उत्तरदायित्तोे अन्तर्गत सबै कम्पनीहरुले यस्ता कार्य गर्न पर्ने बताए ।

जीवन बीमक सङ्घ नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले समाजलाई भलो हुने यस्ता कार्यमा आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व जारी राख्ने बताए ।

2225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका