जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंक भित्र अर्को चोरी काण्ड ग्राहकको पैसामा बैंक कर्मचारीको ब्रह्मलुटः सीइओ श्रेष्ठ बेखबर ?

राष्ट्रिय वाणिज्य बैंक भित्र अर्को चोरी काण्ड ग्राहकको पैसामा बैंक कर्मचारीको ब्रह्मलुटः सीइओ श्रेष्ठ बेखबर ?

राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वको बैंक हो । यस बैंकमा सरकारी कर्मचारी सरकारका खाता मात्रै छैनन् । देश विदेशमा रहेका लाखौ लाख नेपालीहरुका खाता छन् तिनै खाताबाट बैंकका कर्मचारीहरुले नै ग्राहकको पैसा चोरी गरिरहेका छन् भन्दा अचम्म लाग्ला तर यो सत्य हो । हालै नेपाल प्रहरीको सीआईवीले विदेशमा रहेको ग्राहकहरुको पैसा नक्कली कनेक्ट आईपीएस खोलीर चोरी गरेको आरोपमा पुष्प प्रसाद अधिकारी र रोहित ओझालाई पक्राउ गरेको छ । यी त पात्र मात्रै हुन् । राष्ट्रिय वाणिज्य बैंक भित्र शाखा कार्यालय भाँडामा लिँदा देखि कोर बैकिङ्ग सफ्वेयर खरिदमा समेत करोडौं घोटला भएका उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन् । तर, सीइओ किरण कुमार श्रेष्ठ खुलेआम हिडिरहेका छन् । उनीलाई बैंकको चिन्ता भन्दा बढि कमाउने चिन्ता बढेपछि साना देखि ठूला कर्मचारी कमाउ धन्दामा लागि परेको भेटिएको छ गभर्नर साब हेक्का होस् ।
एमालेको सरकारमा राष्ट्रिय वाणिज्य बैंकको सीइओ बनेका किरण कुमार श्रेष्ठले लगातार ८ वर्ष बैंक भित्र हालिमुहाली मच्चाएका मात्रै छैनन् । चैत्रमा ८ वर्षे कार्यकाल सकिने भएपछि अहिले राष्ट्रिय वणिज्य बैंकलाई दुहुनु गाई नै बनाएको भेटिएको छ । गभर्नर साब हेक्का होस् । जनताको रगत र पसिनाको डिपोजिट माथी खेलवाड गर्ने अधिकार सीइओ श्रेष्ठलाई छैन हेक्का होस् । सीइओ श्रेष्ठले जाँदा जाँदै कोर बैकिङ्ग सफ्वेयर खरिद १०० करोड गर्ने र २÷४ करोड कुम्लाउने योजना असफल भएपछि अख्तियारमा उजुरी परेपछि उनी घुमाउरो पाराले बैंक भित्र कमाउने धन्दामा लागेको भेटिएको छ भन्दा फरक पर्दैन । गभर्नर साब हेक्का होस् ।

कर्मचारी बढुवा सरुवामा समेत एमाले निकटलाई राम्रो ठाउँ पठाए भने अरु पाटीमा आबद्ध कर्मचारीलाई दुरदराजमा पु¥याएको ति डिसीइओले दाबी गरे ।

सकिन्छ भने राष्ट्रिय वाणिज्य बैंकका सीइओ श्रेष्ठ माथी परेको उजुरी अख्तियारले चाडै छानवीन गरोस् आफूलाई सिनियर सीइओ आफै बताउदै हिड्ने राष्ट्रिय वाणिज्य बैंकका सीइओ श्रेष्ठले सयौं पूराना कर्जाका फाइलबाट अर्बै रकम लिएर पूराना कर्जा उठाउने नाममा करोड कमिशन घुस लिएको पूर्व एक डिपुटी सीइओले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग बताए ।
यति मात्रै होइन कर्मचारी बढुवा सरुवामा समेत एमाले निकटलाई राम्रो ठाउँ पठाए भने अरु पाटीमा आबद्ध कर्मचारीलाई दुरदराजमा पु¥याएको ति डिसीइओले दाबी गरे ।

८ जना ग्राहकको पैसा चोरी
ग्राहकको नक्कली कनेक्ट आईपीएस बनाएर रकम चोरी गर्ने राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी पक्राउ परेका छन् । बैंकको वीरगञ्ज शाखामा कार्यरत सहायक प्रबन्धक रोहित कुमार ओझालाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले वीरगञ्जबाट पक्राउ गरेको देखिन्छ । पक्राउ परेका ओझालाई सीआईबीले मंगलबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो ।

पछिल्लो समय वाणिज्य बैंकमा ग्राहकको खाताबाट कर्मचारीले रकम चोर्ने गरेका घटना ह्वात्तै बढेको छ । केहिदिनअघि मात्रै मृत्यु भइसकेको व्यक्तिको पेन्सन झिकेको अरोपमा राष्ट्रिय वाणिज्य बैंकको महाराजगञ्ज शाखाका कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारी पनि पक्राउ परेका छन् । भन्दा फरक पर्दैन ।

पक्राउ परेका ओझाले विदेशमा रहेका बैंकका ग्राहकको खाताबाट नक्कली कनेक्ट आईपीएस बनाएर १ करोड ३७ लाख ८७ हजार रुपैयाँ झिेकर अपलचन गरेको भेटिएको सीआईबीले जनाएको दाबी छ । गभर्नर साब हेक्का होस् । पछिल्लो समय वाणिज्य बैंकमा ग्राहकको खाताबाट कर्मचारीले रकम चोर्ने गरेका घटना ह्वात्तै बढेको छ । केहिदिनअघि मात्रै मृत्यु भइसकेको व्यक्तिको पेन्सन झिकेको अरोपमा राष्ट्रिय वाणिज्य बैंकको महाराजगञ्ज शाखाका कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारी पनि पक्राउ परेका छन् । भन्दा फरक पर्दैन । अधिकारीले मृत्यु भइसकेका व्यक्तिको नागरिकतामा पुरानो फोटो टाँसेर नयाँ नमुना कार्ड बनाई आफैँले रकम झिक्ने गरेको पाइएको थियो । उनले कम्तीमा ८ जनाको पेन्सन पट्टाबाट आफैँ पेन्सन बुझेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो । यी र यस्ता कर्मचारीहरुलाई सीइओ श्रेष्ठले संरक्षण गर्दै आएको भेटिएको छ । सचेत भया ।

1895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका