जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राष्ट्रिय बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन ५२% ले बढ्यो

राष्ट्रिय बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन ५२% ले बढ्यो

राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८ /७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा प्रगति गरेको छ ।

यस अवधिसम्ममा कम्पनीले ४७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३१ प्रतितशले बढी हो ।

२६ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको जगेडा कोषको आकार बढे हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३ अर्ब १४ करोड रुपैयाँ थियो । यस अवधिमा कम्पनीको बीमा कोषमा २ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ३४ करोड ५३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ६९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ५२ प्रतिशतले बढी हो ।

कम्पनीले यस अवधिमा ४ करोड २ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी घटेको हो ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १७७ रुपैयाँ ५८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १३६९ रुपैयाँ ६० पैसा रहेको छ । यस अवधिमा कम्पनीले ३५ करोड २९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

1420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?