जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एन आई सी एशिया बंैकले पहिलो त्रयमासिक वित्तीय नतिजा प्रकाशित

एन आई सी एशिया बंैकले पहिलो त्रयमासिक वित्तीय नतिजा प्रकाशित

मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एन आई सी एशिया बंैक लिमिटेडले चालू आ.व. २०७८÷७९ को पहिलो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । यस बैंकले आ.व. २०७८÷७९ को पहिलो त्रयमाससम्ममा व्यवसायतर्फको कर्जामा वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (रू. ७४ अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७७.८५ अर्ब पु¥याउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा २६.९९ प्रतिशत (रू. ६५.२९ अर्व) ले वृद्धि गरी कुल निक्षेप संकलन रू. ३११.४५ अर्ब पु¥याउन बैंक सफल भएको छ । बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ रू. १.१८ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.३९ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ३९.६५ आर्जन गर्न बैंक सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई पहिलो त्रयमाससम्ममा ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ २४ वर्ष अघि शुरु भएको यस बैंकको अनवरत यात्राको फलस्वरुप आज हामी देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक भएका छौं । साथै, माथि उल्लेखित अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकहरूमा देशकै सर्वोत्कृष्ट बैंक बन्न हामी सफल भएका छौं । यस दौरानमा हामीलाई सदैब साथ दिई तथा हामी प्रति अगाध स्नेह एवं भरोसा दर्शाइ आ–आफ्नो स्थानबाट अतुलनीय योगदान गरी सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बनाइदिनुहुने हाम्रा समस्त आदरणीय ग्राहकवर्ग, नियमनकारी निकायहरू, शेयरधनीहरू, कर्मचारीहरू लगायत हजुर सबै सरोकारवालाहरू प्रति अत्यन्त अनुग्रहीत रहँदै हजुरहरू सबैमा सादर नमन गर्दछौं । नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय स्वभाविक रुपमा यहाँहरूलाई नै जान्छ । साथै, भविष्यमा अझ उन्नतस्तरको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न र सबैले गर्व गर्न सक्ने स्तरको सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै सबैको पहिलो रोजाइको बैंक बन्न मन, वचन र कर्मले सदा सर्वदा लागि पर्ने संकल्प गर्दछौं ।

4390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?