जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • जिडब्लुएमको ईलेक्ट्रिक गाडी ओरा ०३ को बिक्री वितरण शुरु

जिडब्लुएमको ईलेक्ट्रिक गाडी ओरा ०३ को बिक्री वितरण शुरु

नेपालमा जि.डब्लु.एम सवारी साधनको आधिकारिक वितरक भिजि ईम्पेक्स प्रा.लि.ले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक–क्रसओभर ओरा ०३ को डेलिभरी सुरु गरेको छ । जि.डब्लु.एमले ओरा ०३ को लागि जेठ ३, २०८० मा बुकिङ खुला गरेको थियो र बुकिङ घोषणा गरेदेखि नै यस रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरको लागि ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ ईन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जर आदि जस्ता आधुनिक सुविधाहरू सहितको यसको टाईमलेस एक्सटेरियर र आकर्षक ईन्टेरियरलाई ग्राहकहरूले मन पराइरहेका छन् ।

ओरा ०३ मा सीक्स ओमनिडायरेक्शनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यू क्यामेरा, अटोमेटिक भेहिकल होल्ड, एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम आदि जस्ता सुरक्षा सुविधाहरू रहेको कम्पनीले जनाएको छ।

4755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका