जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • रिलायन्स लाइफको नाफा ७४ प्रतिशतले वृद्धि

रिलायन्स लाइफको नाफा ७४ प्रतिशतले वृद्धि

रिलायन्स लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन १८ दशमलव ८७ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८) मा कम्पनीले २ अर्ब ५१ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा ७४ दशमलव ११ प्रतिशतले वृद्धि हुँदै १२ करोड २१ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ७ करोड १ लाख थियो ।

२ अर्ब १० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा २१ करोड ५२ लाख रुपैयाँ संचित छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा ४२ दशमलव ६१ प्रतिशत वृद्धि हुँदै ३ अर्ब ७५ करोड पुगेको छ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ५ रुपैयाँ ८२ पैसा र किताबी मूल्य ११९ रुपैयाँ ९७ पैसा छ ।
गत आर्थिक वर्षमा ७७ करोड ९६ लाख खुद दावी भुक्तानी गरेको कम्पनीले २६ करोड ४४ लाख भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

1245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका