जोडिनुहोस
शनिबार, चैत्र १, २०८१
शनिबार, चैत्र १, २०८१
  • होमपेज
  • न्युज अभियान डट कमका संचारकर्मी, युनियनका सचिव भण्डारीलाई डिएसपी चुडालबाट ज्यान मार्ने धम्की

न्युज अभियान डट कमका संचारकर्मी, युनियनका सचिव भण्डारीलाई डिएसपी चुडालबाट ज्यान मार्ने धम्की

न्युज अभियान डट कमका संचारकर्मी, पत्रकार महासंघ काठमाडौंका केन्द्रिय पार्षद एवंं नेपाल  प्रेस युनियनका केन्द्रिय सचिव छायाचन्द्र भण्डारीलाई प्रहरीबाट ज्यान मार्ने धम्की  आएको पारिवारिक स्रोतले बताएको छ । प्रहरीको दरबारमार्ग वृतकी डिएसपी कोपिला चुडालले ज्यान मार्ने धम्की दिएको उहाँको पारिवारिक स्रोतले बताएको छ ।

समाचारको बिषयलाई लिएर डिएसपी चुडालले एक गोली खर्च गर्ने भन्दै दरबारमार्ग प्रहरी वृतको कार्यलय प्रमुखले प्रयोग गर्ने नम्बरबाट भण्डारीको मोबाइलमा धम्की दिएको प्रेस युनियनकी काठमाडौं उपाध्यक्ष टुकामाया भण्डारीले जानकारी दिइन् ।

उनले समाचारमा चित्त नबुझे कानुनी प्रक्रिया सुरक्षित रहँदा रहँदै पनि उहाँले राज्यको जिम्मेबार ब्यक्ती भएर एक गोली खर्च गर्ने सम्मको धम्की दिनु आफैमा कानुनी राज्यको दुरुपयोग भएको विज्ञप्ति जारी गर्दै बताएकी हुन् ।
धम्कीको बिषयमा सम्बन्धित निकायले छानबिन गरि सार्वजनिक जिवन जिउने नागरिक हक कायम गर्न उपाध्यक्ष भण्डारीले अनुरोध गरेकी छन्|

2130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका