जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • स्कुले विद्यार्थीहरुलाई एसबीआई बैंकको शैक्षिक सामग्री वितरण

स्कुले विद्यार्थीहरुलाई एसबीआई बैंकको शैक्षिक सामग्री वितरण

 नेपाल एसबीआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ९ स्थित लेकाली बसीफाँट माध्यमिक विद्यालयका सबै विद्यार्थीहरुलाई स्कुल ब्यागसहित शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।

बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई औपचारिक कार्यक्रम मार्फत् ती सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, बैंकका वागमती प्रदेश प्रमुख बिनोद कुमार ढुंगेल साथै बैंक तथा स्कुल व्यवसथापन समितिका अन्य पदाधिकारी र शिक्षकहरु समेत उपस्त थिए । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम नियमित रुपमा गर्दै आएको छ ।

3015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?