जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • सनराइज बैंकले २ अर्बको ऋणपत्र जारी गर्ने

सनराइज बैंकले २ अर्बको ऋणपत्र जारी गर्ने

सनराइज बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। ऋणपत्र निष्कासन अनुमति माग गर्दै बैंकले धितोपत्र बोर्डमा गत बिहीबार निवेदन दिएको हो। बैंकले २ अर्ब रुपैयाँ बराबरको कुल २० लाख कित्ता ऋणपत्र जारी गर्न अनुमति माग गरेको हो। निष्कासन हुने ऋणपत्रमध्ये १२ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।

बाँकी ८ लाख कित्ता ऋणपत्र खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्। ऋणपत्र १० वर्ष अवधिको हो, जसबापत बैंकले वार्षिक १०.५ प्रतिशत ब्याज भुक्तानी गर्नेछ।

बैंकले ऋणपत्र निष्कासन तथा बिक्रीको प्रबन्धक एनआइसी एसिया क्यापीटललाई नियुक्त गरेको छ।

3790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका