जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फेडेरल एक्सचेञ्ज र सिटी एक्सप्रेसबीच सम्झौता, युएईबाट सजिलै पैसा पठाउन सकिने

फेडेरल एक्सचेञ्ज र सिटी एक्सप्रेसबीच सम्झौता, युएईबाट सजिलै पैसा पठाउन सकिने

यूएईको फेडेरल एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुरु भएको छ । यूएईमा रहने नेपालीहरुले फेडेरल एक्सचेञ्ज र सिटी एक्सप्रेसको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत् नेपालमा सजिलै पैसा पठाउन सकिनेछ ।

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजारभन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिने वा नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेडेरल एक्सचेञ्जका तर्फबाट महाप्रबन्धक राजह आरआर लियानेजले हस्ताक्षर गरे ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत् छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

 

5305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका