जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सनराइज बैंकको थप चार शाखारहित बैंकिङ्ग सेवाहरु बिस्तार

सनराइज बैंकको थप चार शाखारहित बैंकिङ्ग सेवाहरु बिस्तार

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बंैकिङ्ग सुविधा पु¥याउने उद्देश्यले शाखारहित बंैकिङ्ग सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा बैकले मधेस प्रदेशमा थप दुई शाखारहित बैंकिङ्ग सेवा बिस्तार गरेको हो ।

बैंकको ९२ र ९३ औं शाखारहित बैंकिङ्ग सेवा कल्याणपुर नगरपालिका वडा नं.–३, ईटारी प्रसाही, सिराहामार रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका वडा नं.–१०, दुधिअवामा बिस्तार गरेको हो ।यसै गरी सिराहा जिल्लाको लहान नगरपालिका वडा नं.–१८, शोभापुरमा ९४ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएकोे छ । साथै शुक्रबार भाद्र १० गते बैंकले झापा जिल्लाको झापा गाउँपालिका वडा नं.–०६, शरणामतीमा ९५औंशाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवाअन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३९वटा शाखा,९५वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटिएम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

3550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका