जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सानिमा बैंकका ग्राहकलाई चिरायु नेशनल अस्पतालमा छुटको सुविधा

सानिमा बैंकका ग्राहकलाई चिरायु नेशनल अस्पतालमा छुटको सुविधा

सानिमा बैंक लिमिटेडले ग्राहकलाई डिजिटल भुक्तानी प्रयोगमा प्रोत्साहित गर्न चिरायु नेशनल अस्पतालमा छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिटरक्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ (क्युआर स्क्यानमार्फत) प्रयोग गरी भुक्तानी गर्दा अस्पतालको वेड र डायग्नोस्टिक शुल्क तथा फार्मेसी बिलमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले यसअघि पनि विभिन्न अफर तथा छुटमार्फत ग्राहकलाई डिजिटल भुक्तानीतर्फ आकर्षित गर्दै आएको छ । छुटसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ । सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

1770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका