जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • निजीवन बीमा कम्पनीहरुद्वारा १५ अर्ब भन्दा बढि बीमा शुल्क आर्जन, निरिह बन्दै नेशनल इन्स्योरेन्स कम्पनीः नेपाल बीमा प्राधिकरण बेखबर

निजीवन बीमा कम्पनीहरुद्वारा १५ अर्ब भन्दा बढि बीमा शुल्क आर्जन, निरिह बन्दै नेशनल इन्स्योरेन्स कम्पनीः नेपाल बीमा प्राधिकरण बेखबर

नेपालका निजीवन बीमा कम्पनीहरुमा अब्बल र सक्षम आफूलाई सावित गर्दै आएको शिखर इन्स्योरेन्स कम्पनी बीमा शुल्क आर्जनमा पहिलो भएको छ भन्दा अब फरक पर्दैन । निर्जीवन बीमा व्यवसायको क्षेत्रमा सबैभन्दा कमजोर (निरिह) नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमाशुल्क संकलनको तथ्यांकमा सबैभन्दा कम नेशनल इन्स्योरेन्स कम्पनी देखिएको हो । भन्दा फरक पर्दैन । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्म उक्त कम्पनीले ४१ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले १२ हजार ९३५ बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क संकलन गरेको देखिन्छ ।

सबैभन्दा कमजोर नेशनल इन्स्योरेन्स देखिदा सवैभन्दा अब्बलमा शिखर इन्स्यारेन्स कम्पनी देखिएको छ । यस कम्पनीले मंसिर महिनासम्ममा एक अर्ब ५४ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको देखिन्छ । यस अवधिमा राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ३४ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेर दोस्रो बनेको छ । भन्दा फरक पर्दैन । चालु आवको साउनदेखि मंसिर मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ९७ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ११ लाख ४७ हजार २६४ बीमालेख जारी गरेकोे देखिन्छ । यो बीमा बजारको चमत्कार नै मान्न सकिन्छ । बीमा प्राधिकरणको तथ्यांक अनुसार नेपाल इन्स्योरेन्स कम्पनीले ६६ करोड ४९ लाख, दि ओरियन्टल इन्स्यारेन्सले ५८ करोड ९५ लाख, युनाइटेड इन्स्योरेन्सले ५० करोड ४९ लाख, प्रिमियर इन्स्योरेन्सले ९० करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका देखिन्छ । उक्त बीमा शुल्क चालु आवको मंसिर मसान्तसम्मको हो । भन्दा फरक पर्दैन ।

यो बीमा बजारको चमत्कार नै मान्न सकिन्छ । बीमा प्राधिकरणको तथ्यांक अनुसार नेपाल इन्स्योरेन्स कम्पनीले ६६ करोड ४९ लाख, दि ओरियन्टल इन्स्यारेन्सले ५८ करोड ९५ लाख, युनाइटेड इन्स्योरेन्सले ५० करोड ४९ लाख, प्रिमियर इन्स्योरेन्सले ९० करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका देखिन्छ । उक्त बीमा शुल्क चालु आवको मंसिर मसान्तसम्मको हो ।

सोही अवधिमा नेको इन्स्योरेन्सले एक अर्ब २७ करोड ८५ लाख, सगरमाथा इन्स्योरेन्सले एक अर्ब २९ करोड ४४ लाख र प्रभु इन्स्योरेन्सले ६० करोड ४९ लाख, आइएमई जनरल इन्स्योरेन्सले ७५ करोड ४० लाख प्र्रुडेसिन्यल इन्स्योरेन्सले ५३ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको देखिन्छ । लुम्बिनी जनरल इन्स्योरेन्सले ७९ करोड ७९ लाख, एनएलसी इन्स्योरेन्सले ९३ करोड ८० लाख, सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब १३ करोड ५२ लाख, अजोड इन्स्योरेन्सले ७४ करोड १६ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक अर्ब १० करोड २५ लाख, सानिमा जिआइसी इन्स्योरेन्सले ८३ करोड १२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

1470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका