जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • निक्षेप तथा कर्जा सुरक्षण कोषले उत्कृष्ट नारा सुझाउनेलाई ५० हजार रुपैयाँ पुरस्कार

निक्षेप तथा कर्जा सुरक्षण कोषले उत्कृष्ट नारा सुझाउनेलाई ५० हजार रुपैयाँ पुरस्कार

निक्षेप तथा कर्जा सुरक्षण कोषले उत्कृष्ट नारा (ब्राण्ड स्लोगन ) सुझाउनेलाई ५० हजार रुपैयाँ पुरस्कार राशीको घोषणा गरेको छ ।

कोषले सार्वजनिक सूचना प्रकाशन गर्दै कोषले प्रदान गर्ने सेवा, कोषको महत्व झल्काउने गरी कम्तीमा २ शब्द वा बढीमा १० शब्दसम्मको नारा तयार पारेर लिखित प्रस्ताव फेसबुक पेज, इमेल ठेगाना वा हुलाकमार्फत् सिधै कार्यालयमा पठाउन आह्वान गरेको छ ।
एक व्यक्ति वा संस्थाले बढीमा ३ वटासम्म नारा प्रस्ताव गर्न सक्नेछन् । कोषले भदौ २६ गतेभित्र नारा सहित प्रस्ताव पेश गर्नको लागी अनुरोध गरेको छ । प्राप्त प्रस्तावमध्ये मूल्यांकन समितिले उत्कृष्ट ठहर्‍याउने १ जनालाई विजेता घोषित गरी पुरस्कार राशी प्रदान गरिनेछ ।

1650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका