जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • भ्रष्टाचारको आरोपमा ११ जना विरुद्ध मद्दा दायर

भ्रष्टाचारको आरोपमा ११ जना विरुद्ध मद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा ११ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, प्रदेश कार्यालय वीरेन्द्रनगर, सुर्खेतका तत्कालीन का.मु. निर्देशक (कार्यालय प्रमुख) भीमकान्त लामिछाने र मोहन बहादुर कार्की, लेखा अधिकृत, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कन्सल्ट्यान्ट प्रालिका संचालकसमेत ११ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ३ स्थित चामुण्डा माध्यमिक विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट विभिन्न तालिम संचालनका लागि प्राप्त रकम अनियमितता गरेको भन्ने उजुरी परेको थियो ।

सोही निवेदनका आधारमा अनुसन्धान गर्दा उनीहरुले रकम हिनामिना गरी भ्रष्टाचार गरेको  पुष्टि हुन आएको आयोगदले जनाएको छ । उनीहरु विरुद्ध विशेष अदालत पाटनमा आइतबार मुद्दा दायर गरेको हो ।

तत्कालीन कामु निर्देशक भीमकान्त लामिछाने र मोहन बहादुर कार्की, लेखा अधिकृत, तत्कालिन प्रधानाध्यापक जयप्रकाश तिमल्सिना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर शाही, सञ्चालक उपेन्द्र शाही, तत्कालीन सहायक प्रशिक्षक गंगराज शाही, हिराबहादुर शाही र इलाईट इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कन्सल्ट्यान्ट प्रालिका संचालक कुमार शाही विरुद्ध जनही ३ करोड ४३ लाख ८८ हजार ८१६ रुपैयाँ विगोदावी सहित विशेक्ष् अदालतमा मुद्दा दायर गरिएको हो ।

त्यस्तै, आयोगले चामुण्डा बिन्द्राशैनीका धुपेन्द्र शाही विरुद्ध ७० लाख रुपैयाँको मागदावी सहित मुद्दा दायर गरेको छ । आयोगका अनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, कर्णाली प्रदेश, प्रदेश कार्यालय वीरेन्द्रनगर, सुर्खेतले विना सूचना, विना प्रतिष्पर्धा एकै चोटी कार्यक्षेत्र, क्षमता, आवश्यक पूर्वाधारसमेत अध्ययन नगरी तालिम संचालनको अनुमति दिई श्री चामुण्डा माध्यमिक विद्यालय चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ हाडाकोट दैलेखसँग सम्झौता गरेको थियो ।

उक्त विद्यालय आफैले सञ्चालन गर्नुपर्ने तालिम इलाईट इन्फ्रास्ट्क्चर एण्ड डिभलपमेन्ट कन्सल्टयान्ट प्रालि काठमाडौंलाई सबै तालिम संचालन गर्न सो विद्यालय आफैले अनुमति प्राप्त गर्नुपूर्व करारनामा गरी तालिम संचालन गर्न दिएको भनी सम्झौता कागज तयार गरेको विभागको आरोप छ ।
छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम संचालन कार्यविधि २०७५ अनुसार प्रशिक्षार्थी छनौट प्रक्रिया र तालिमका सहभागीहरुको योग्यता  तोकिएकोमा सो पालना नगरी सिधै निजी संस्थाले प्रशिक्षार्थी छनौट गरेको देखिएको विभागले जनाएको छ ।

उनीहरुले सामान खरिद गरेको भन्ने झुठा विलहरु पेश गरेको र खरिद सामान आम्दानी तथा खर्च गरेको नदेखिएकोबाट तालिम संचालनका लागि चाहिने सामान नै खरिद नगरिएको भन्ने देखिँदादेखिँदै तालिम संचालन भएको भनी रितपूर्वकका विलभरपाई, कागजात नराखी, लेखाङ्कनसमेत नगरी, नक्कली तथा झुठ्ठा विल भरपाई कागजातहरु पेश गरेको विभागको भनाई छ ।

1370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका