जोडिनुहोस
बिहिबार, पुस ११, २०८१
बिहिबार, पुस ११, २०८१
  • होमपेज
  • साना किसान र आरएमडीसी लघुवित्तबीच मर्जर समझदारी

साना किसान र आरएमडीसी लघुवित्तबीच मर्जर समझदारी

दुई थोक-कर्जा प्रदायक लघुवित्त संस्थाहरु साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था आपसमा गाभिएर कारोबार गर्ने भएका छन्।

मर्जरपछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्नेगरी शुक्रबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेमबहादुर पाठक अध्यक्ष, डा. शिवरामप्रसाद कोइराला प्रमुख कार्यकारी अधिकृत र ज्योतिचन्द्र ओझा नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहने सहमति भएको छ। दुवै संस्थाका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १/१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाइएको छ।

आरएमडीसी लघुवित्तको १०० सेयरलाई मर्जरपछि ८७ सेयर (१०० : ८७) कायम हुने गरी सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) कायम गर्ने समेत सहमति भएको छ। मर्जरपछि एकीकृत लघुवित्तको पुँजी कोष ७ अर्बभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करिब ४३ अर्ब रुपैयाँ पुग्नेछ।

नयाँ बानेश्वरमा शुक्रबार भएको कार्यक्रममा साना किसानका अध्यक्ष खेमबहादुर पाठक, मर्जर उपसमितिका संयोजक उमेश लम्साल, आरएमडीसीका अध्यक्ष सुजाता जोशी र संयुक्त मर्जर समिति संयोजक भीमप्रसाद तिम्सिनाले समझदारी पत्रमा हस्ताक्षर गरी आदानप्रदान गरे।

कार्यक्रममा अर्थमन्त्रालयका वित्त सल्लाहकार डा. शालिकराम पोखरेलसँगै दुवै लघुवित्तका सञ्चालकहरु,  उच्च पदस्थ अधिकारीहरु, मर्जर समितिका पदाधिकारीको उपस्थिति थियो।

3710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका