जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • नबिल बैंकको ‘दशैं तिहार घर कर्जा धमाका’ योजना

नबिल बैंकको ‘दशैं तिहार घर कर्जा धमाका’ योजना

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाका’ नामक आवास कर्जा योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि.शुल्क क्रेडिट कार्ड योजना ल्याएको छ ।

यस आवास कर्जा घर खरिद, घर निर्माण, तल्ला थप, रंग रोगनका लागि उपलब्ध गरिएको छ । बैंकका अनुसार पहिलो घर खरिदकर्ताका लागि घरको मुल्याङ्कनको ७० प्रतिशत सम्म कर्जा लिन सक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशतसम्म कर्जाको व्यवस्था गरिएको छ ।

३५ वर्ष सम्मकोे कर्जा अवधि सुविधा भएको यस आवास कर्जामा सरल र सानो किस्ताबाट विस्तारै कर्जा चुक्ता गर्ने सुविधा पनि नबिल बैंकले प्रदान गरेको छ । यो योजना सिमित अवधिका लागि ल्याइएको पनि बैंकले जनाएको छ ।

2920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका