जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बैंकहरुले दैनिक तरलता सुविधाबापत लिएको रकम शोधभर्ना गर्न सक्ने

बैंकहरुले दैनिक तरलता सुविधाबापत लिएको रकम शोधभर्ना गर्न सक्ने

बैंक तथा वित्तीय संस्थाहरुले उपयोग गरेको दैनिक तरलता सुविधाबापतको रकम शोधभर्ना गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधिमा तेस्रो संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो।

बैंक तथा वित्तीय संस्थाहरुले आरटीजीएस प्रणालीको लिक्विडिटी म्यानेजमेन्ट पिरियडमा राफसाफ खातामा रहेको मौज्दातबाट संस्थाले उपयोग गरेको तरलता सुविधाबापतको रकम शोधभर्ना गर्न सक्नेछन्। यसरी शोधभर्ना हुन नसकेको सुविधा रकमलाई ओभरनाइट तरलता सुविधाका रुपमा गणना गरिने व्यवस्था पनि राष्ट्र बैंकले ल्याएको छ। यसअघि शोधभर्नाको व्यवस्था थिएन।

यसैगरी अब ३ ओभरनाइटमा कार्यदिनको सट्टा २ ओभरनाइट कार्यदिन हिसाब राफसाफ गर्नुपर्नेछ। जसअनुसार सहभागी संस्थाले लगातार २ कार्यदिनसम्म ओभरनाइट सुविधा राफसाफ गर्न नसकेमा दोस्रो कार्यदिनको आरटीजीएस लिक्विडिटी म्यानेजमेन्ट पिरियडमा कायम रहेको बक्यौता रकम अर्को कार्यदिनको १२ बजेभित्र उक्त रकम भुक्तानी गर्नुपर्नेछ।

उक्त दिन रकम भुक्तानी गर्न असमर्थ भएमा यस्तो बक्यौता रकमलाई ९० प्रतिशतबराबर मानी सोका आधारमा १०० प्रतिशतबराबरको थप सुरक्षणपत्र मौद्रिक व्यवस्थापन विभागमा धरौटी राखी धितो व्यवस्थापन खातालाई राष्ट्र बैंकले कायम गरिदिएको सीमामा ल्याउनुपर्नेछ। उक्त बक्यौता रकम भुक्तान नभएसम्म उक्त रकममा नीतिगत दरमा १ प्रतिशत थप गरी अतिरिक्त ब्याज लगाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यस्तो रकम भुक्तानी भएपश्चात सीमाभन्दा बढी धरौटीमा राखिएको सुरक्षणपत्र फुकुवा हुनेछ।

675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका