जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एशियन लाईफद्वारा मृत्यु दाबी वापत १ करोड ८४ लाख रुपैयाँ भुक्तानी

एशियन लाईफद्वारा मृत्यु दाबी वापत १ करोड ८४ लाख रुपैयाँ भुक्तानी

एशियन लाईफ इन्स्योरेन्सले बीमित गकुल महराको परिवारजनलाई १ करोड ८४ लाख १४ हजार ५५८ मृत्यु दाबी वापत भुक्तानी गरेको छ । बीमितको श्रीमति निर्मला विष्टलाई कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले बुधबार दाबी भुक्तानी वापतको चेक हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले कम्पनीका संचालकद्वय सजल मास्के, अच्यूत राज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ लगायतको उपस्थितिमा चेक हस्तान्तरण गरेका हुन् । 

चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष श्रेष्ठले विषम परिस्थितीमा जीवन बीमाले बिमितको आश्रित परिवारलाई ज्यादै महत्वपूर्ण सहयोग पु¥याउने धारणा व्यक्त गर्दै बीमितलाई छिटोछरितो जीवन बीमा सेवा र दाबी भुक्तानी दिने कार्यमा एशियन लाईफ इन्स्योरेन्स प्रतिबद्ध रहेको बताए ।

स्वर्गिय महराले एशियन लाईफ इन्स्योरेन्समा ७५ लाखको वार्षिक धनलाभ, २५ लाखको दम्पत्ति सुरक्षा प्लस र ६ लाखको १५ वर्षे अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराएका थिए । 

कूल बीमांक रकम १ करोड ६ लाख रुपैयाँमा दुर्घटना मृत्यु लाभ र बोनश रकम समेत जम्मा १ करोड ८४ लाख १४ हजार ५५८ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

स्वर्गिय महराले बीमाशुल्क वार्षिक धनलाभ जीवन बीमामा ६ लाख १५ हजार १८८, दम्पत्ति सुरक्षामा ५ लाख ९३ हजार ७४५ र अग्रिम भुक्तानी सावधिकमा २ लाख ९४ हजार ९०६ रुपैयाँ समेत गरी जम्मा १५ लाख ३ हजार ८ सय ३९ बीमाशुल्क बापतको रकम जम्मा गरेका थिए ।

सिन्धुपाल्चोकको मेलम्ची वडा नम्बर १० स्थायी घर भएका बीमित महराको ३३ वर्षको उमेरमा २०७८ जेठ १ गते कोरोना संक्रमणका कारण निधन भएको थियो ।

4230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका