जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • भाद्र २० गते पछिको नयाँ अर्थमन्त्री गौतम, पाण्डे की शर्मा ?

भाद्र २० गते पछिको नयाँ अर्थमन्त्री गौतम, पाण्डे की शर्मा ?

नेपालको सत्ताधारी दल नेकपा भित्र सत्ता र शक्ति बाँडफड पछि मिलेको सहमतीले अर्थमन्त्री डा.युवराज खतिवडाको पद जाने पक्का पक्की जस्तै भएको एक स्थायी कमिटि सदस्यले पंक्तिकारसंग बताए ।
अर्थ एवं सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाको यही भाद्र २० गते राष्ट्रिय सभाको सदस्य पद सकिदै छ । यस ठाउँ सचिवालय सदस्य एवं नेकपाका नेता वामदेव गौतमलाई लगी उपप्रधान एवं अर्थमन्त्री बनाउने तयारी भएको उनीले दाबी गरे ।

सत्तारुढ नेकपा भित्र उत्पन्न पछिल्लो शक्ति सन्तुलनका घट्ना क्रमहरुलाई आधार मान्दा डा. युवराज खतिवडालाई राष्ट्रिय सभा सदस्य बनाएर पुनः अर्थमन्त्रीमा कायम राख्ने सम्भावना टर्दै गएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीको आन्तरिक शक्ति सन्तुलनलाई व्यवस्थित गर्न पनि अब डा. खतिवडालाई विदई गर्नुपर्ने बाध्यता बढेको छ ।
डा. खतिवडा घर जाने निश्चित भएपछि भावी अर्थमन्त्रीको लेखाजोखा सुरु भएको छ ।

स्वभाविक रुपमा भावी अर्थमन्त्रीको दौडमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे उर्जा र गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दा वाहवाही कमाएका जनार्दन शर्माले पनि आफुलाई अर्थमन्त्रीको आकांक्षीका रुपमा उभ्याएका छन् । त्यस बाहेक नेकपा सचिवालय सदस्य बामदेव गौतम पनि उपप्रधानमन्त्री सहितको अर्थमन्त्रीको दावेदारका रुपमा आएका छन् ।

गौतम पछिल्लो समय प्रधानमन्त्रीका रोजाईका पात्र बनेका छन् । पार्टीमा आफु विरुद्ध महागठबन्धन खडा भएका बेला ६ बुँदे प्रस्ताव मार्फत पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद जोगाइदिने बामदेव गौतमको गुन तिर्नुपर्ने बाध्यतामा केपी ओली रहेका छन् । राष्ट्रिय सभा सदस्य बन्दिन भनेर घोषणा गरि बसेका गौतमले अर्थमन्त्री बन्ने शर्तमा पनि राष्ट्रिय सभा स्वीकार गर्ने र उप्रधानमन्त्री सहित अर्थमन्त्री बन्ने पक्का पक्की जस्तै देखिन्छ ।

बामदेव गौतमलाई मनाउन सक्दा पार्टी सचिवालयमा आफु बहुमतमै रहने भएकाले प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभामा ल्याएर उपप्रधानमन्त्री सहितको अर्थमन्त्री बनाउन सक्ने उच्च स्रोतको दाबी छ ।

जो होस, भदौ २० गते अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाको कार्याकाल सकिँदैछ । डा. खतिवडालाई प्रतिस्थापन गरेर आउने अर्थमन्त्री भने केपी ओलीको गोजीबाट पक्कै पनि आउने छैनन् किन भने पार्टी कार्यदलले नै अब सरकारले गर्ने हरेक नियुक्ती पार्टीको निर्णयबाट मात्रै हुने भनिसकेको छ । त्यसकारण बामदेब गौतमनै अबको उपप्रधानमन्त्री सहितको अर्थमन्त्री हुने देखिन्छ ।

गौतम उपप्रधानमन्त्री सहित अर्थमन्त्री बन्दा ओली बलियो हुने छन् । भने प्रचण्ड र नेपाल पार्टी भित्र खासगरि सचिवालय भित्र कमजोर हुने विश्लेषण गर्दै प्रधानमन्त्री ओलीले बामदेव गौतमलाई चुन्ने सम्भावना उच्च रहेको नेकपा उच्च स्रोतको दाबी छ । सचेत भया ।

8515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका