जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • सनराइज बैंकको १५औं वार्षिकोत्सवमा बाल संगठनका बालबालिकालाई नयाँ लुगा सहयोग

सनराइज बैंकको १५औं वार्षिकोत्सवमा बाल संगठनका बालबालिकालाई नयाँ लुगा सहयोग

सनराइज बैंकले १५ औं वार्षिकोत्सवको अवसरमा बाल मन्दिरका बालबालिकालाई नयाँ लुगा सहयोग गरेको छ। बैंकले हरेक वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लत्ताकपडा लगायत वितरण गदै आएको जनाएको छ। बैंकले दसैंलाई मध्यनजर गरी बालबालिकाको लागि नयाँ कपडा सहयोग गरेको हो ।

बिहीबार नक्सालस्थित नेपाल बाल संगठनमा आयोजित एक कार्यक्रममा बैंकले सहयोग हस्तान्तरण गरेको हो। बैंकको तर्फबाट शारदा शर्मा पुडासैनीले नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेलाई सामानहरु हस्तान्तरण गरिन्।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा लगायत बैंक अन्य उच्चपदस्त अधिकारीहरुको समेत उपस्थित रहेको बैंकले जनाएको छ।

बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने बैंकले प्रतिबद्धता व्यक्त गरेको छ।

बैंकले १५औ वार्षिकोत्सवको अवसरमा देशभर बिभिन्न सामाजिक कार्यक्रमहरु गर्ने समेत जनाएको छ।

2000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका