जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मौद्रिक नीतिको समीक्षामा ब्याजदरलाई सम्बोधन गर्ने हल्लासँगै ३२.४३ अंकले बढ्यो सेयर बजार

मौद्रिक नीतिको समीक्षामा ब्याजदरलाई सम्बोधन गर्ने हल्लासँगै ३२.४३ अंकले बढ्यो सेयर बजार

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने भएको छ। त्यसैले आज सेयर लगानीकर्ता पनि पर्खाइमा छन्।

समीक्षाले बढेको ब्याजदरलाई सम्बोधन गर्ने बजार हल्ला छ। सेयर लगानीकर्ता अब बैंकहरुले ब्यादर नबढाउने आशमा छन्। मौद्रिक नीतिको समीक्षाले केही राहत हुने आकलनसँगै आज बजारमा लगानीकर्ता निकै सक्रिय देखिएका छन्। यो कारण कारोबार र परिसूचक दुवैमा वृद्धि देखिएको छ।

आजको कारोबार पछिल्लो १२ दिनयताकै सर्वाधिक भएको छ। दिनभरको कारोबार अवधिमा २ अर्ब २ करोडभन्दा माथिको सेयर कारोबार भएको छ।

यस्तै आज नेप्से परिसूचक पनि ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा आइपुगेको छ भने सेन्सेटिभ ५.३४ अंकले बढेको छ।

हिमालयन डिष्टिलरीको कारोबारले छलाङ मारेको छ। गत शुक्रबार ६० प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको कम्पनीको आज ४५ करोड माथिको सेयर कारोबार भएको हो।

साथै लाभांश वितरण गर्न बाँकी रहेको नबिल बैंकको १२ करोड माथिको सेयर किनबेच भएको छ।

साथै आज कारोबारमा आएका १३ उपसमूहमध्य वाणिज्य बैंकसहित १२ उपसमूह बढेका छन् भने म्युचुअल फन्ड उपसमूह ०.९८ प्रतिशतले घटेको छ।

3645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका