जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • पार्किङ हटाएको विरोधमा दरबारमार्गका व्यवसायी आन्दोलित

पार्किङ हटाएको विरोधमा दरबारमार्गका व्यवसायी आन्दोलित

पार्किङ हटाएको विरोधमा काठमाडौंको दरबारमार्ग क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले पहिले सञ्चालन भइरहेको एकतर्फी पार्किङ हटाएपछि व्यवसायीहरु आन्दोलित भएका हुन् । व्यवसायीहरुले आफ्ना पसलका सटरहरु बन्द गरेर कालो ब्यानर राख्दै सडक प्रदर्शनमै उत्रेका हुन् ।

महानगरले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ । पार्किङ नभएपछि व्यवसायीहरुले सटरभाडा समेत उठाउन नसकेको भन्दै उक्त कदमको विरोध गर्दै आएका छन् । व्यवसायीरुले महानगरसँग वार्ता गर्ने भनेता पनि महानगरले बेवास्ता गरेको भन्दै आन्दोलमा उत्रेका हुन् ।

 

865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका