जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कामना सेवाको कार्डमा इकमर्स सुविधा थप

कामना सेवाको कार्डमा इकमर्स सुविधा थप

कामना सेवा विकास बैंकले डेबिट तथा क्रेडिट कार्डमा इ–कमर्स सुविधा समावेश गरेको छ । कामना सेवा विकास बैंकका कार्ड सेवाग्राहीहरुले अनलाईन मार्फत सामान सरिद गरी आफ्नो इ–कमर्स सक्रिय डेबिट वा क्रेडिट कार्ड मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।

बैंकले सोमबारदेखि यो सुविधा लागू गरेको हो ।बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो कार्ड मार्फत यो सुविधा लिन आफ्नो नजिकैको शाखामा गई सजिलै इ–कमर्स सुविधा सुचारु गराउन सक्नेछन् ।

साथै, बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले चाडपर्वको अवसरमा इ–कमर्स सक्रिय कार्ड मार्फत सस्तो डिलमा अनलाईन किनमेल गर्दा २० प्रतिशत वा २ हजार रुपैयाँसम्मको नगद छुटको लाभ लिन सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रबर्धन गर्ने उद्देश्यले यो सुविधा ल्याएको हो । साथै, आगामी दिनहरुमा समेत अन्य सेवा सुविधाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

1520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका