जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • राष्ट्र बैंकमा कात्तिकसम्म ८ नयाँ कार्यकारी निर्देशक आउँदै

राष्ट्र बैंकमा कात्तिकसम्म ८ नयाँ कार्यकारी निर्देशक आउँदै

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा डा. सत्येन्द्र तिम्सिना बढुवा भएका छन्। गभर्नर कार्यालयमा रहेका तिम्सिनालाई बढुवापछि वित्तीय संस्था सुपरिवेक्षण विभागको नेतृत्व दिइएको छ। केही साताअघि किरण पण्डित कार्यकारी निर्देशकमा बढुवा भएका थिए। आगामी कात्तिकसम्म राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट ८ जना अवकाश हुँदैछन्। उनीहरुको अवकाशसँगै ८ जना निर्देशकको बढुवा हुनेछ।

अहिले अवकाशअघि दुईजना कार्यकारी निर्देशकहरु बिदामा बसिसकेका छन्। मुकुन्दकुमार क्षत्री र पिताम्बर भण्डारी बिदामा बसेका हुन्। उनीहरुले चैत २७ मा अनिवार्य अवकाशमा पाउँदैछन्। उनीहरुको अवकाशपछि कार्यकारी निर्देशकमा चेतप्रसाद उप्रेती र रोशनकुमार सिग्देलको बढुवा हुनेछ।

आगामी जेठमा कार्यकारी निर्देशक डा. प्रकाशकुमर श्रेष्ठ र तुलसीप्रसाद घिमिरे अवकाश हुनेछन्। असारमा रामप्रसाद गौतम, साउनमा प्रदीपराज पौडेल, भदौमा ऋषिकेश भट्ट र कात्तिकमा डा. गुणाकर भट्टले कार्यकारी निर्देशकबाट अवकाश पाउनेछन्।

कात्तिकसम्ममा उप्रेती र सिग्देलसँगै डा. रामशरण खरेल, डा. डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल, निश्चल अधिकारी र अनुद दाहाल कार्यकारी निर्देशक हुनेछन्।

नेपाल राष्ट्र बैंकले सम्भवत आउँदो बिहीबार वा सोमबारभित्र नयाँ गभर्नर पाउनेछ। अहिलेका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ गते सकिंदैछ।

1625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका