जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • राष्ट्र बैंकको स्वीकृतिबिनै लगानी भित्रिने भएपछि परिसंघ खुसी

राष्ट्र बैंकको स्वीकृतिबिनै लगानी भित्रिने भएपछि परिसंघ खुसी

बिदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने निर्देशिका जारी भएलगत्तै निजी क्षेत्रको संगठन नेपाल उद्योग परिसंघले त्यसको स्वागत गरेको छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रम आयोजना गरी मंगलबार दिउँसो ‘विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियमावली-२०७८’ जारी गरेका थिए।

लगत्तै परिसंघले विनियमावलीको बुँदाहरुको स्वागत गरेको हो। उसले नयाँ विनियमावलीका कारण वैदेशिक लगानी भित्र्याउन सहज हुने जनाएको छ।

परिसंघले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्दै नेपालमा औद्योगिक उत्पादन बढाउन ‘मेक इन नेपाल स्वदेशी’ अभियान अगाडि बढाइहेको छ। राष्ट्र बैंकको निर्णयले परिसंघको अवधारणा कार्यान्वयनमा थप टेवा पुग्ने विज्ञप्तिमा उल्लेख गरेको छ।

नेपालमा विदेशी लगानीकर्तालाई सहजता प्रदान गर्ने गरी विनियमावली जारी गरेकोमा धन्यवादसमेत दिएको छ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले कार्यक्रमकै क्रममा पनि गभर्नरलाई धन्यावाद दिएका थिए।

9165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका