जोडिनुहोस
सोमवार, फाल्गुन ११, २०८२
सोमवार, फाल्गुन ११, २०८२
  • होमपेज
  • सानिमा बैंक अब ठिमी र कपनमा

सानिमा बैंक अब ठिमी र कपनमा

सानिमा बैंक लिमिटेडले आज असोज १४ गते ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

ती शाखाहरुको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका सञ्चालक भरतकुमार पोख्रेलले संयुक्त रुपमा गरेका हुन्।

उद्घाटन् समारोहमा मह जोडीले ठिमी र कपनमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाइ ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकका रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बंैकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२९ कार्यालय र १२० वटा एटीएम सञ्जालहरु सञ्चालनमा छन्।

4490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका