जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको सीएसआर: पङ्खा र कुर्सी हस्तान्तरण, सीसी क्यामेरा जडान

महालक्ष्मी विकास बैंकको सीएसआर: पङ्खा र कुर्सी हस्तान्तरण, सीसी क्यामेरा जडान

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कुर्सी र पङ्खा वितरण गरेको छ। बैंकको कमाने शाखाले मकवानपुरको पुरानो अस्पताल हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरेको छ। हेटौंडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीहरुलाई सहजता होस् भन्ने उद्देश्यले बैंकले कुर्सी प्रदान गरेको हो ।

बैंकको आबुखैरेनी शाखाले आबुखैरेनी क्याम्पसलाई पङ्खा हस्तान्तरण गरेको छ। बैंकले १५ थान पङ्खा हस्तान्तरण गरेको हो।

बैंकको नारायणगढ शाखाले भरतपुर २ मिलनटोलस्थित शिवालय मन्दिरलाई कुर्सी हस्तान्तरण गरेको छ।

बैंकको मैतिदेवी शाखाले काठमाडौंको मैतिदेवी मन्दिरमा सीसी क्यामेरा जडान गरिदिएको छ। मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरु साथै मन्दिर परिसरको सुरक्षाका निम्ति २ थान सीसी क्यामेरा जडान गरिदिएको हो।

4625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका