जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल बैंकका अध्यक्ष अधिकारीको राजीनामा अर्थमन्त्रीद्वारा स्वीकृत

नेपाल बैंकका अध्यक्ष अधिकारीको राजीनामा अर्थमन्त्रीद्वारा स्वीकृत

नेपाल बैंक लिमिटेडका अध्यक्ष बासुदेव अधिकारीले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ । लाभांश वितरणमा अर्थमन्त्रालयसँग विवाद भए पछि अधिकारीले आइतबार अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । सोमबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अध्यक्ष अधिकारीले दिएको राजीनामा स्वीकृत गरेका हुन् । सरकारी बैंकहरुले लाभांश दिँदा अर्थ मन्त्रालयको समेत सहमति लिनु पर्ने व्यवस्था छ । आफ्नो सहमति विपरित लाभांश पारित गरेको भन्दै अर्थमन्त्री पौडेल उनको राजीनामा स्वीकृत गरेका हुन् ।

बैंकले आफ्ना शेयर धनीलाई नगद लाभांश बाडिसकेको अवस्था असन्तुष्टी देखाएपछि अध्यक्षले अधिकारीले राजीनामा दिएका हुन् । नेपाल बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले निर्णय गरेको हो । यसमा गत आर्थिक वर्ष भन्दा अगाडिको सञ्चित नाफासमेतबाट लाभांश दिने निर्णय गरिएपछि अर्थमन्त्रालय रुष्ट बनेको थियो ।

2975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका