जोडिनुहोस
आइतवार, माघ १९, २०८२
आइतवार, माघ १९, २०८२

हालको खबर

  • होमपेज
  • गाडी आयातमा लागेको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने सरकारको निर्णय

गाडी आयातमा लागेको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने सरकारको निर्णय

सरकारले महँगा गाडीलगायतका विलासिताका वस्तुको आयातमा लगाइएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले महँगा गाडी, मोटरसाइकल, मोबाइल, मदिरालगायतका वस्तुको आयातमा लागेको प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा लागेको प्रतिबन्धलाई निरन्तरता दिन सिफारिस गरेको थियो।

अब जिप, भ्यान, कार, १५० सीसी माथिका मोटरसाइकल, ३०० डलरभन्दा बढीका स्मार्ट फोन र विदेशी मदिराको आयातमा मंसिर मसान्तसम्म प्रतिबन्ध लागेको छ।

विदेशी मुद्राको सञ्चितीमा अझै सुधार नभएकोले मन्त्रालयले आयात प्रतिबन्धलाई निरन्तरता दिन उद्योग मन्त्रालयले सिफारिस गरेको थियो।

यसअघि सरकारले गत वैशाखमा १० प्रकारका वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। त्यसपछि सरकारले प्रतिबन्धलाई असार ३१ सम्म लम्ब्याएको थियो । गत भदौ १४ मा कुरकुरे, हीरालगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै सरकारले गाडी, मोटरसाइकल, मोबाइल र विदेशी मदिराको आयात प्रतिबन्धलाई निरन्तरता नै दिएको थियो।

यसैगरी आजको मन्त्रिपरिषद्को बैठकले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्युनतम सीमा प्रतिविदेशी लगानी कर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको हो।

यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय

 

3975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?