जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकले ल्यायो एकल अंकको ब्याजदरको कर्जा योजना, ९.९९ प्रतिशतमा पाइने

महालक्ष्मी विकास बैंकले ल्यायो एकल अंकको ब्याजदरको कर्जा योजना, ९.९९ प्रतिशतमा पाइने

महालक्ष्मी विकास बैंकले एकल अंकको ब्याजदरको कर्जा योजना ल्याएको छ। बैंकले घर, व्यवसाय, सवारी र हरित कर्जामा एकल अंकको ब्याजदरको योजना ल्याएको हो।

बैंकले कर्जाको ब्याजदर ९.९९ प्रतिशत तोकेको छ। महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न न्यूनतम २ देखि अधिकतम ३० वर्ष अवधिका लागि ५ करोडसम्मको कर्जा दिने बैंकले बिहिबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

यस्तै साना तथा मझौला व्यवसायीको माग सम्बोधन गर्न बैंकले १ देखि १५ वर्ष अवधिसम्मका लागि ९.९९ प्रतिशत ब्याजदरमा व्यावसायिक कर्जा योजना ल्याएको छ।

विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ सो बराबरको कर्जा प्रदान गर्ने बैंकले जनाएको छ। ग्राहकले यस अन्तर्गत ३ करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछ्न्।

विद्युतीयबाहेकका सवारीमा भने ग्राहकले कोटेसन मूल्यको ५० प्रतिशतसम्म कर्जा पाउनेछन्। कर्जाका लागि क्यूआरमार्फत निवेदन दिन सकिने बैंकले जनाएको छ।

2560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?