जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नबिल बैंक र नेपाल दूरसंचार कम्पनीबीच सम्झौता

नबिल बैंक र नेपाल दूरसंचार कम्पनीबीच सम्झौता

नेपाल दुरसंचार कम्पनी लिमिटेड र नबिल बैंक लिमिटेड बीच पेमेन्ट गेटवे सेवाका लागि बिशेष सम्झौता भएको छ। नेपाल टेलिकमले आफ्नो १६ औं वार्षिकोत्सबको अवसर पारेर नबिल बैंकसँगको सहकार्यमा पेमेन्ट गेटवे सेवा संचालनमा ल्याएको हो।

कार्यक्रममा नेपाल टेलिकमका प्रमुख व्यवसायिक अधिकृत भानु राज श्रेष्ठ तथा नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत बिनय कुमार रेग्मीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सेवा अन्तर्गत नेपाल टेलिकमका ग्राहकहरुले पहिलो चरणमा टेलिकमको वेवसाईटमामा रहेको कार्ड पेमेन्ट सुविधा मार्फत सम्पूर्ण भिजा तथा मास्टरकार्डहरु प्रयोग गरी हाललाई पोष्टपेड तथा प्रिपेड मोबाइल रिर्चाजरटप अप गर्न सक्ने छन्।

नबिल बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृतले नेपालमा विधुतीय पेमेन्ट प्रणालीको विकासका लागि यो सहकार्य कोशेढुंगा सावित हुने विश्वास लिएको बताए।

नेपालमा दुरसंचार सेवा प्रदान गरेको १०० बर्ष भन्दा बढी अनुभव बनाई सकेको नेपाल टेलिकमले मोबाइल सेवाको संचालन सन् १९९८ देखि र नबिल बैंकले कार्ड सेवा सुविधा सन् १९९० देखि संचालनमा ल्याएको हो।
लामो ऐतिहासिक पृष्ठभूमि भएका यी दुवै संस्थाका सेवाबाट नेपालका करोडौ सेवाग्राहीहरू लाभान्वित हुदै आएका छन्।

10165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?