जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गुराँस लाइफ इन्स्योरेन्सले सम्पन्न गर्यो १२औं साधारण सभा

गुराँस लाइफ इन्स्योरेन्सले सम्पन्न गर्यो १२औं साधारण सभा

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ७.८३१७१ (कर सहित) प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ ।

कम्पनीकाे शुक्रबार बसेकाे १२औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट सेयरधनीलाई ७ दशमलव ४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ३९१७१ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेकाे हाे ।

साधारण सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारित गरेको छ ।

साथै, सभाले आ.व २०७७/७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले गुराँस लाइफसहित यूनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ भने मर्जरको लागि संचालक समितिले गरेको कामको अनुमोदन गरेको छ ।

सभाले कम्पनीको सम्पति दायित्व मुल्याकंन गर्नका लागि मुल्याकंनकर्ता, परामर्शदाता र लेखापरीक्षकहरु नियुक्ति, उनीहरुको पारीश्रमिक निर्धाण, एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बीमाङकीय मुल्याकंनकर्ता नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

1285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका