जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • टीभीएसले बेजोड अनि अद्भुत एक्सचेन्ज मेला आयोजना गर्ने

टीभीएसले बेजोड अनि अद्भुत एक्सचेन्ज मेला आयोजना गर्ने

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेड ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ नामका बेजोड अनि अद्भुत एक्सचेन्ज मेलाको आयोजना गर्ने भएको छ।

यही असोज ३१ गतेबाट कात्तिक ५ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा चल्ने मेलामा ग्राहकले कुनै पनि ब्रान्डका पुरानो र्बाक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउनेछन्।

मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको मोटरसाइकल र स्कुटर लिँदा बजार मूल्यांकनभन्दा रु. ७ हजार बढी पाउनेछन्। यसका साथै नकिन्दै १ लाख र किन्दा १० लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन्।

यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ। जसअन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र रु. ४ हजार २७७ को मासिक ईएमआईमा बाइक तथा स्कुटर लिन सकिन्छ। यसबाहेक ग्राहकले हेलमेट, बाइक कभर, ब्यागजस्ता उपहार पनि प्राप्त गर्न सक्नेछन्।

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनका लागि एकमात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ। गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रुपमा स्थापित छ।

1860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका