जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • कोरोना संक्रमण बीमाबापतको बीमा दाबी भुक्तानी गरेका हौं

बीमा

कोरोना संक्रमण बीमाबापतको बीमा दाबी भुक्तानी गरेका हौं

शरण रेग्मी, डेपुटी सिइओ, आइएमई जनरल इन्स्योरेन्स

कोरोना संक्रमण बीमाबापतको बीमा दाबी भुक्तानी गरेका हौं

विश्व नै अदृश्य शक्तिबाट आएको कोरोना भाइसरबाट पिडित भएको बेला नेपालमा सुरु भएको कोरोना बीमामा आम नेपालीहरुको शंका उपशंका रहेको थियो । नेपालमा दिनप्रतिदिन थपिदै भएको कोरोना भाइरसका विरामीहरुको संख्याले गर्दा कोरोना बीमाको दाबी भुत्तान नहुने हो कि भन्ने आशंका सबै आम नेपालीहरुमा थियो ।

तर, पछिल्लो समय नेको इन्स्योरेन्स कम्पनीले कृषि विकास बैंकका कार्यरत कर्मचारीलाई १ लाख र आइएमई जनरल इन्स्योरेन्स कम्पनीले नारायणी हस्पिटल चितवनमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बीमाबापतको एक लाख रुपैयाँ दाबी भुक्तानी गरेपछि यस प्रतिको शंका उपशंका सबै हटेर गएको छ ।

आईएमई जनरल इन्स्योरेन्सका डेपुटी सिइओ शरण रेग्मीका अनुसार कोरोना संक्रमण पुष्टि भएमा बीमा दाबी भुक्तानी गर्न पाउँने व्यवस्था अनुसार नै बीमाबापतको एक लाख रुपैयाँ दाबी भुक्तानी बीमित नारायणी हस्पिटलको खातामा जम्मा गरेको बताए ।

बीमा समितिद्वारा कोरोना बीमा प्रति व्यक्ति एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँ, समूहमा गर्दा एक लाखको बीमा प्रति व्यक्ति ६ सय रूपैयाँ र ५० हजारको बीमा गर्दा प्रति व्यक्ति ३ सय रूपैयाँमा कोराना बीमाको व्यवस्था गरेको थियो ।
चालु वर्षको बजेटमा सरकारले समेत ५० प्रतिशत अनुदान दिने घोषणा गरे पछि कोरोना बीमालेखमा सबैको चासो बढेको छ ।

7505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?