रूपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका राजु गुरूङको उम्मेदवारी खारेज भएसँगै नेकपा एमालेबाट उम्मेदवारी दिएका उपाध्यक्ष विष्णु पौडेलको जित सुनिश्चित जस्तै भएको छ ।
सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका गुरूङले टिकट पाएका थिए । तर अदालतले बैंकिङ कसुरमा गुरूङलाई जरिवाना गरेकाले उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै आयोगले उम्मेदवारी खारेज गरिदिएको हो । विगतमा गुरूङको फर्मका ८ वटा चेक बाउन्स भएको थियो ।