जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • जनरल इन्स्योरेन्सका श्रेष्ठलाई सिइओ बनाउन बीमा समितिको स्वीकृति

जनरल इन्स्योरेन्सका श्रेष्ठलाई सिइओ बनाउन बीमा समितिको स्वीकृति

बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीमा रामचन्द्र श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्नका लागि स्वीकृति दिएको छ । समितिले साउन ८ गते श्रेष्ठलाई सिइओ बनाउनका लागि नियामकिय स्वीकृति प्रदान गरेको हो ।

कम्पनीको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले कामु सिइओको जिम्मेवारी बहन गरिरहेका श्रेष्ठलाई नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको थियो । सञ्चालक समितिले गरेको उक्त निर्णयको अन्तिम स्वीकृति बीमा समितिले दिनु पर्ने व्यवस्था रहेको छ ।

बीमा क्षेत्रमा ३३ वर्षको अनुभव भएका श्रेष्ठले २०४५ साल कात्तिकदेखि राष्ट्रिय बीमा संस्थानबाट जागिर सुरु गरेका थिए । पाल्पामा जन्मिएका श्रेष्ठले लामो समय बीमा कम्पनीको अनुसन्धानको क्षेत्रमा  विताए । त्रिचन्द्र कलेजबाट विएससी गरेका श्रेष्ठले व्यवस्थापनमा एमबिए गरेका छन् । तीन दशक भन्दा लामो समय बीमा क्षेत्रमा काम गर्दा उच्च व्यवस्थापन र अनुसन्धानमा मात्रै दुई दशक विताएका छन् ।

स्वच्छ छवीका श्रेष्ठ सर्भेयर भएर पनि लामो समय काम गरे । सगरमाथा इन्स्योरेन्सको स्थापना कालमा काम गरेका श्रेष्ठले एनवि इन्स्योरेन्स कम्पनीमा पनि काम गरे । एनवि सँगै साविक एलाइन्स हालको प्रभु इन्स्योरेन्स कम्पनीमा पनि काम गरेका थिए । करिअरको विचको केहि समय स्वतन्त्र रुपमा अनुसन्धानकर्ता तथा सर्भेयर भएर पनि काम गरे । त्यस पछि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको डिसिओ भएर ९ वर्ष काम गरेका श्रेष्ठ गत चैतमा जनरल इन्स्योरेन्स कम्पनीमा आवद्ध भएका थिए । तर उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने गरि ल्याइएको थिएन ।

बीमा समितिले कम्पनीलाई बारम्बार प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न  दवाव दिए पछि कम्पनीले श्रेष्ठलाई नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । बीमा समितिले अन्तिम स्वीकृति दिए सँगै अव सञ्चालक समितिले श्रेष्ठलाई औपचारिक रुपमा चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न बाटो खुलेको छ ।

जनरल इन्स्योरेन्सले स्थापनाकालदेखि अहिलेसम्म एक जना पनि प्रमुख कार्यकारी अधिकृत राख्न सकेको छैन । विगतका वर्षमा महाप्रवन्धकबाटै कम्पनी सञ्चालन हुँदै आएकोमा बीमा समितिले पछिल्लो समय थप कडाइ गर्न थाले पछि बाध्य भएर प्रमुख कार्यकारी अधिकृत नियुक्ती गर्ने तयारीमा जुटेको हो ।

4710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका