जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बीमा समितिले कोभिड दाबी बीमा रकम वितरण गर्न अर्थसँग अनुमति माग्यो

बीमा समितिले कोभिड दाबी बीमा रकम वितरण गर्न अर्थसँग अनुमति माग्यो

बीमा समितिले कोभिड दावी भुक्तानी वितरण गर्न अर्थ मन्त्रालयसँग अनुमति मागेको छ। समितिले तिहार अघि नै मन्त्रालयलाई पत्र पठाएर कोभिड दाबी भुक्तानी वितरण गर्न अनुमति मागेको जनाएको छ।
गत भदौमा सरकारले कोभिड बीमा बापतको दावी भुक्तानी तिर्नको लागि एक अर्ब रुपैयाँ निकासा गरेको थियो । सरकारले करिब १० अर्ब रुपैयाँ तिर्न बाँकी थियो। सो रकम वितरण गर्न केही समयदेखि छलफल चलिरहेको थियो । समितिले जारी गरेको कोरोना बीमा मापदण्ड, २०७७ अनुसार रकम वितरण गर्न असम्भव भएपछि नयाँ व्यवस्था गर्न लागेको हो ।

कोभिड रकम वितरण गर्नका लागि मन्त्रालयमा निर्देशन गरी पाउँ भनेर पत्र पठाएको समितिका प्रवक्ता राजुरमण पौडेले बताए ।

‘समितिले रकम वितरण गर्न केही निर्णयहरु सहित मन्त्रालयलाई पत्र पठाएको छ । उक्त निर्णयलाई निर्देशन गर्न तिहार अघिनै पत्र पठाए पनि हालसम्म कुनै जानकारी आएको छैन।’- उनले भने- ‘सरकारले निकासा गरेको रकम कम भएपछि थप रकम जोहो भएको छ । जसमा बीमा समिति बीमा कम्पनी र पुनर्बीमा कम्पनीबाट थप रकम संकलन गरेर कोभिडको दावी भुक्तानी तिर्न लागेका छौं।’

उनका अनुसार थप ८१ करोड रुपैयाँ कोभिड दाबी भुक्तानी रकम संकलन भएको छ।

प्रवक्ता पौडेलका अनुसार समितिले पीसीआर रिपोर्ट दर्ता भएको मिति अनुसार, अनुपातको आधारमा र संघ ,संस्थाले प्रिमियम तिरेको आधारमा रकम वितरण गर्ने निर्णय गरेको छ ।

‘हाल प्राप्त भएको रकमले रकमले सबैलाई पुर्याउन मुश्किल छ। यसले गर्दा पहिले कोभिडको पिसिआर रिपोर्ट पेस गरेको मिति अनुसार बीमितलाई वितरण गर्न खोजेका हौं।’- प्रवक्ता पौडेले बताए ।

साथै, संघ, संस्थामा कार्यरत कर्मचारीहरुले यस पटक भुक्तानी नपाउनेबारे पनि छलफल भएको बताइएको छ। यति बेला अन्य सर्वसाधारणलाई पहिले प्राथमिकता दिई दावी भुक्तानी फर्छ्यौट गर्ने निर्णय भएको हो। अर्थको निर्देशन आएलगत्तै रकम वितरण सुरु हुने समितिले जनाएको छ ।

1435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका