जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कर्मचारी कुट्ने नेफ्स्कुन सञ्चालक निलम्बित

कर्मचारी कुट्ने नेफ्स्कुन सञ्चालक निलम्बित

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन) ले सञ्चालक वीरबहादुर रावट (भोटे) लाई निलम्बन गरेको छ । संघको आइतबार सम्पन्न सञ्चालक समिति बैठकले भोटेलाई निलम्बन गरेको हो । भोटेले संघका कर्मचारीमाथि हातपात गरेका थिए । कर्मचारीलाई कुटपिट गरेपछि संघका कर्मचारीहरूले उनलाई नहटाए पेन डाउन गरेर आन्दोलन गर्ने तयारीमा जुटेका थिए । कर्मचारीले आन्दोलन गर्ने तयारी गरेपछि संघ सञ्चालक समितिको बैठक बसेको थियो ।

आइतबार सम्पन्न संघ सञ्चालक समिति बैठकले भोटेलाई निलम्बन गर्ने निर्णय गरेको अध्यक्ष चन्दप्रसाद ढकालले बताए ।
‘कर्मचारीको माग अनुसार सञ्चालक समितिले निलम्बन गर्ने निर्णय गरेको हो,’ ढकालले भने, ‘घटनामा के भएको हो, गल्ती कसको हो भन्ने अध्ययनका लागि समिति गठन भएको छ, समितिले विस्तृत अध्ययन गरी आवश्यक कारबाही गर्ने छ ।’

भोटेले आफूले पाउनुपर्ने भत्ता नदिएको भन्दै संघका कर्मचारीलाई कार्यकक्षमै कुटेका थिए । उनले कर्मचारीमाथि हातपात गरेको भिडियो नै सार्वजनिक भएको छ ।

सोही भिडियोमा भोटेले कर्मचारीलाई अपशब्द बोल्दै कुटपिट गरेको देखिन्छ । भोटे संघमा हिमाली सेभिङ एन्ड क्रेडिट कोअपरेटिभलाई प्रतिनिधित्व गर्दै सञ्चालकमा आएका हुन् ।

1020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका