राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले आइतबार चितवनको शहिदचोक बस्ने श्रीशाई रामकुमार गुप्ता र शौरभ गुप्ता विरुद्ध उच्च अदालत हेटौडा इजालसमा मुद्दा दायर गरेको हो ।
उनीहरुले भन्सार छलेर मालसामान पैठारी गरि लुकाइछिपाइ खरिदबिक्री गरि राजस्व चुहावट गरेको सूचना परेको थियो । उनीहरुले सोहि सूचनाका आधारमा अनुसन्धान हुँदा भन्सार महशुल तथा मूल्य खभिवृद्धि कर छली गरेको पाइएको विभागले जनाएको छ ।