जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एसबीआइ बैंकले डाक्यो पुस २८ गते साधारणसभा, १५% लाभांश पारित गर्न प्राइम लाइफको पनि एजीएम

एसबीआइ बैंकले डाक्यो पुस २८ गते साधारणसभा, १५% लाभांश पारित गर्न प्राइम लाइफको पनि एजीएम

नेपाल एसबीआइ बैंकले पुस २८ गते वार्षिक साधारणसभा डाकेको छ। बैंकले चालु वर्ष ६ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ।

यसबाहेक बैंकले ३.४७ प्रतिशत नगद लाभांश दिने छ। साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन्। नगद लाभांशवापत ३१ करोड ११ लाख रुपैयाँ बाहिरिने छ। बोनस सेयरका लागि बैंकको नाफाबाट ७३ करोड ७३ लाख रुपैयाँ पुँजीकरण हुने छ।

बैंकले साधारणसभामा मर्जर तथा प्राप्तिको एजेण्डा पनि राखेको छ। उपयुक्त पार्टनर भेटिए मर्जर तथा प्राप्तिमा जाने अख्तियारी साधारणसभाबाट सञ्चालक समितिमा दिने प्रस्ताव राखिएको छ।

बैंकको १० वर्षे इतिहासमा यसपाली घोषणा गरिएको लाभांश सबैभन्दा कम हो। गत वर्ष १६.८४ प्रतिशत दिएको थियो। बैंकले गत वर्ष ९८ करोड ६१ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो।

यस्तै प्राइम लाइफ इन्स्योरेन्सले पुस २७ गते साधारणसभा डाकेको छ। कम्पनीले ८ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस सेयरको प्रस्ताव साधारणसभामा लैजाँदैछ।

बोनस सेयर वितरणपछि चुक्ता पुँजी १५ करोड ८१ लाख रुपैयाँले बढ्ने छ। नगदवापत कम्पनीको २२ करोड ५८ लाख रुपैयाँ बाहिरिने छ।

6570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका