जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नेपाल लाइफद्वारा ५४ अर्ब ७६ करोडको दावी भुक्तानी

नेपाल लाइफद्वारा ५४ अर्ब ७६ करोडको दावी भुक्तानी

नेपाल इन्स्योरेन्सले ५४ अर्ब ७६ करोड रुपैयाँको दावी भुक्तानी गरेको छ । कम्पनीले २०७९ असोज मसान्तसम्म उक्त रकम दाबी भुक्तानी गरेको हो ।

यस्तै कम्पनीले ५ अर्ब ३ करोड रुपैयाँ मृत्यु दावी, १५ अर्ब २६ करोड समाप्ती दावी भुक्तानी गरेको छ भने १८ अर्ब ५३ करोड रुपैयाँ आंशिक अवधि भुक्तानी गरेको जनाएको छ ।
कम्पनीले बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दावी, घातक रोग वापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधा अन्तर्गत १५ अर्ब ९४ करोड रुपैयाँ दावी भुक्तानी गरिसकेको जनाएको छ ।

बीमित र बीमकबीचको करार बमोजिम जोखिमको क्षति पश्चात वा अवधि समाप्ति पश्चातको रकम यथासमयमा भुक्तानी ९दावी भुक्तानी० गर्न नेपाल लाइफ सदैव तत्पर रहेको कुरा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।
अवधि भुक्तानी दावी बीमाको अवधि समाप्ति पश्चात भुक्तानी गरिन्छ भने मृत्यु दावी तथा अन्य क्षतिको दावी बीमा अवधि भित्र जुन सुकै समयमा घटित घटना पश्चात भुक्तानी गरिन्छ तर बीमा पूर्णतया अभिछिन्न चालु रहनु पर्दछ । त्यस्तै आंशिक अवधि भुक्तानी, निश्चित अवधिको अन्तराल पश्चात बीमा करारमा तोकिए बमोजिम रकम भुक्तानी गरिने गरिएको कम्पनीले जनाएको छ ।
बीमितहरुलाई छिटोछरितो चुस्त, दुरुस्त, तवरले दावी भुक्तानी गरिरहेको नेपाल लाइफ इन्स्योरेन्सले देशैभरि सातै प्रदेशका १९७ क्षेत्रीय कार्यालयहरुबाट बीमा सम्बन्धी सम्पूर्ण सेवा दिँदै आएको छ ।

3610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्