जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • विनोद चौधरी ह्रदयेश भन्दा १५ सय मतले अघि

विनोद चौधरी ह्रदयेश भन्दा १५ सय मतले अघि

नवलपरासी सुस्ता पश्चिम १मा विनोद चौधरीले प्रतिस्पर्धीसँग मतान्तर बढाउँदै लगेका छन्। अहिले चौधरीले जनता प्रगतिशील पार्टीका उम्मेदवार ह्रदयेश त्रिपाठी भन्दा १ हजार ५ सय ८८ मतले अग्रता हासिल गरेका छन्।

विहान ७ बजेसम्म चौधरीले ६ हजार ४ सय ५३ र त्रिपाठीले ४ हजार ८ सय ६५ मत पाएका छन्। चौधरीले सुरुदेखि नै अग्रता हासिल गरिरहेका छन्। गठबन्धन र आफ्नै पार्टीको असहयोगका बाबजुद उनले राम्रो मत पाइरहेका छन्।

चौधरी ग्राम भन्दा वाहिर रहेको जिल्लामा उम्मेदवारी दर्ता गर्नु केही दिन अघि मात्रै पुगेर उनले आफ्नो पक्षमा जनमत तयार गरेका थिए। पाँच दशक लामो सक्रिय व्यवसायिक जीवनलाई टाढा राखेर पश्चिम नवलपरासीका बस्ती-बस्ती पुगेका थिए।

3640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका