जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • देव विकास बैंक हिनामिनामा थप १० जना पक्राउ

देव विकास बैंक हिनामिनामा थप १० जना पक्राउ

देव विकास बैंकको १७ करोड भन्दा बढी रकम हिनामिना भएको काण्डमा संलग्नाताको आशंकामा प्रहरी उज्जवल आचार्य सहित थप १० जनालाई पक्राउ गरेको छ ।

प्रहरीले घटनामा संलग्न भएका दाङ शाखाका बैंक म्यानेजर सुरज बुढाथोकीलाई गत मंगलबार पक्राउ गरेको थियो। उनी तत्कालीन वेस्टर्न डेभलपमेन्ट बैंकका पनि कर्मचारी थिए । गत असारमा वेस्टर्न डेभलपमेन्ट बैंक र देवः विकास बैंक बीच मर्जर भएको थियो ।

मेनेजर सुरज बुढाथोकीकै बयानको आधारमा प्रहरीले उज्जवल आचार्य सहित थप १० जनालाई पक्राउ गरेको जनाएको छ । नक्कली ऋणी खडा गरेर बैंकको रकम निकासा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको देखिन्छ। पक्राउ परेका पत्रकार आचार्य सहित दशै जनालाई उच्च अदालत तुलसीपुर वाणिज्य इजलासबाट म्यादसमेत थप गरेको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा फाँटका प्रहरी निरीक्षक राजेन्द्र गौतमले बताए ।
सूचि हेरौं

9365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

धेरै टिप्पणी गरिएका