जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • वार्षिकोत्सवमा सानिमा बैंकले ल्यायो मोबाइल बैंकिङ योजना

वार्षिकोत्सवमा सानिमा बैंकले ल्यायो मोबाइल बैंकिङ योजना

सानिमा बैंकले भोलि मंसिर २१ गते १८ औँ वार्षिकोत्सव मनाउँदैछ।

वार्षिकोत्सवका अवसरमा सानिमा बैंकले एफवान सफ्टसँग सहकार्य गरी आफ्ना ग्राहकका लागि मोबाइल बैंकिङ योजना सार्वजनिक गरेको छ। उक्त योजनाअन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्न सक्नेछन्।

भ्रमणका लागि योग्य हुन ग्राहकले मोबाइल बैंकिङबाट ५ वटा विभिन्न कारोबार गर्नुपर्ने हुन्छ। ती कारोबार रु. २०० भन्दा बढी र कम्तीमा एउटा टपअप समावेश हुनुपर्नेछ।

ग्राहकले मोबाइल बैंकिङ एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्यूआर पेमेन्ट, युटिलिटी पेमेन्टजस्ता कारोबार गर्न सक्नेछन्। यो योजना मंसिर २१ देखि पुस ९ गतेसम्म १८ दिनका लागू हुने बैंकले जनाएको छ।

यो योजना अवधिभर ग्राहकले सानिमा मोबाइल बैंकिङमार्फत गरेका कारोबारलाई समावेश गरिने बैंकले जनाएको छ।

यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रुपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा छन्।

3320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका